← समाचारमा फर्कनुस्
एसिसी कपमा ओमानद्वारा मलेसिया पराजित

काठमाडौ- ओमानले एसिसी प्रिमियर कपमा समूह ‘ए’ को खेलमा मलेसियालाई पराजित गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा ओमानले मलेसियालाई ८ विकेटले पराजित गरेको हो।
मलेसियाले जितका लागी दिएको २२८ रनको लक्ष्य ओमनाले ४१.४ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो।
ओमानका लागि जितेन्दर सिंहले सर्वाधिक अविजत १०१ रन बनाए । मलेसियाका लागि दुवै विकेट मोहम्मद आमिरले लिए ।
यसअघि सुरुवातमा टस हारेर ब्याटिंग गरेको मलेसियाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २२७ रन बनाएको थियो ।
मलेसियाका लागी काश्यप प्रजापतीले ६६ र कप्तान जिशन मक्सुदले अविजित ५५ रन बनाएका थिए।
ओमानका लागि जिशन मक्सुदले सर्वाधिक ४, बिलाल खान र आयन खानले समान २ र कालिमुल्लाहले १ विकेट लिए ।
यो जितसंगै ओमानले ३ खेलमा ४ अंक जोडेको छ। पराजय ब्यहोरेको मलेसियाको समान खेलबाट २ अंक छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |