← समाचारमा फर्कनुस्
Cricket Apr 28, 2023 · Shishir

मूलपानी मैदानमा पहिलो ओडीआई खेल हुने

मूलपानी मैदानमा पहिलो ओडीआई खेल हुने

काठमाडौ-माथिल्लो मूलपानी मैदान एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाउने भएको छ ।

एसिसी प्रिमियर कपमा दुई ओडिआई देश ओमान र युएईबीच सेमिफाइनल खेल शनिबार मुलपानीमा हुने भएपछि ओडिआई मान्यता पाउने भएको छ ।

 नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकले पनि ओमान र युएईबीचको खेलसँगै ओडिआई मान्यता पाउने जनाएका छन् । 

यसअघि मुलपानीमा समूह चरणका १० खेल भए पनि कुनै पनि खेल एकदिवसीय मान्यता प्राप्त थिएनन्।

मुलपानी मैदान एकदिवसीय मान्यता प्राप्त गर्ने नेपालको दोस्रो मैदान हो। यसअघि सन् २०२० मा त्रिवि मैदानले एकदिवसीय मान्यता पाएको थियो। 

आइसिसीले विभिन्न मापदण्ड पूरा गरेपछि मात्र मैदानलाई एकदिवसीय मान्यता प्रदान गर्छ।





AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →