नेपालद्वारा ओमानलाई जितका लागी ३११ रनको विशाल लक्ष्य

काठमाडौ- युवा अलराउन्डर कुशल मल्लले शतकमा एसीसी प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निधारीत ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनायो ।
नेपालका लागि कुशल मल्ले १०८ रनको शानदार पारी खेले । उनले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गरे । कुशलले ५९ बलमा शतक प्रहार गरेका थिए ।
मल्ल ओडिआईमा नेपालका लागि सबैभन्दा छिटो शतक प्रहार गर्ने खेलाडी समेत बनेका छन् । यस्तै सोमपाल कामीले ६३ रनको अर्धशतकीय पारी खेले । उनले ३९ बलमा ७ चौकाको सहयोगमा अर्धशतक पूरा गरेका थिए ।
भीम सार्की ३३ रन, आरिफ शेख २९ रन, कप्तान रोकित कुमार पौडेल २३ रन, सन्दीप लामिछाने ८ रन र करण केसीले २९ रन बनाए ।

ओमानका लागि आयान खानले २ तथा बिलाल खान,कलिमुल्लाह खान,जिशान मकशुद,फायाज बट र जतिन्दर सिंहले समान १/१ विकेट लिए ।
नेपाली टिमः
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, र ललित राजवंशी ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |