अन्तिम खेलमा यूएई ए माथि नेपालको जित

कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसीसी इमर्जिङ कपको अन्तिम खेलमा यूएई ए लाई पराजित गरेको छ। बुधबार सम्पन्न खेलमा नेपालले यूएईलाई ३ विकेटले पराजित गरेको हो।
यूएईले दिएको १५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो। जारी प्रतियोगिता नेपालको यो पहिलो जित हो।
नेपाल यसअघि पाकिस्तान ए सँग ४ र भारतसँग ९ विकेटले पराजित भएको थियो। नेपाल र यूएई प्रतियोगिताबाट बाहिरिसकेको छ। यूएई भने जितविहीन रह्यो।
यूएई पहिलो खेलमा भारतसँग ८ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा पाकिस्तानसँग १८४ रनले पराजित हुँदै यूएई प्रतियोगिताबाट बाहिरिएको थियो।
नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ७१ रन प्रहार गरे। उनले ४३ बलमा ९ चौका र ४ छक्का प्रहार गरे।
यस्तै, देव खनालले ३८ बलमा ४ चौकासहित २४ रन प्रहार गरे। तेस्रो विकेटको लागि कुशल र देवबीच ९८ रनको साझेदारी भएको थियो। यही साझेदारीसँगै नेपाल जितनजिक पुगेको थियो।
कुशल १३औँ ओभरको अन्तिम बलमा आउट भएपछि आएका सन्दीप जोराले २४ रन बनाए। कप्तान रोहितकुमार पौडेल ९ र गुलशन झा ११ रनमा आउट भए।
यता, कुशल मल्ल २ र प्रतिश जिसी ८ रनमा अविजित रहे।
यूएईका मोहम्मद फराजउद्दीनले सर्वाधिक ५ विकेट लिए। उनले ६ ओभर बलिङ गर्दै १ मेडनसहित ३६ रन खर्चिए। यता, मुहम्मद जावदुल्लाहले २ विकेट लिए।
त्यसअघि श्रीलंकास्थित पाइकियासोथी सरवनमुत्तु स्टेडियममा टस जितेर पहिला ब्याटिङमा उत्रिएको यूएईले ४४ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको छ।
यूएईका ओपनर लभप्रित संहले सर्वाधिक ५२ रन बनाए। उनले ८२ बलमा ६ चौका र १ छक्का प्रहार गरे।
यस्तै, इथन डीसुजा १८, अश्वन्त वल्थापा १६, आर्यन शर्मा १४ र जश जियानी १३ रनमा आउट भए। यूएईका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।
नेपालका लेग स्पिनर कुशल भुर्तेलले सर्वाधिक ६ विकेट लिए। १० ओभर बलिङ गरेका उनले ४० रन खर्चिए। श्याम ढकाल (मौषम)ले २ तथा कुशल मल्ल र प्रतिश जिसीले १/१ विकेट लिए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |