साफ यू–१६ च्याम्पियनसिपको नेपालको अन्तिम टोली घोषणा

साफ यू–१६ च्याम्पियनसिप २०२३ का लागि यू–१६ नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ।
मुख्य प्रशिक्षक रवीन्द्र सिलाकारले सोमबार च्याम्पियनसिपका लागि अन्तिम टोलीको घोषणा गरेका हुन्। दटोलीले सेप्टेम्बर १ देखि १० सम्म भुटानमा हुने साफ यू–१६ च्याम्पियनसिपमा भाग लिनेछ।
नेपाल समूह 'ए' मा रहेको छ। नेपाल रहेको समूहमा भारत र बंगलादेश पनि रहेका छन्। समूह 'बी'मा भने आयोजक भुटानसँगै माल्दिभ्स र पाकिस्तान रहेका छन्।
नेपालले समूह चरणको पहिलो खेल बंगलादेशसँग सेप्टेम्बर ३ मा खेल्ने छ। यस्तै, समूह चरणको दोस्रो तथा अन्तिम खेल सेप्टेम्बर ५ मा भारतसँग खेल्ने छ। खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने छन्।
दुई समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनल खेल भने सेप्टेम्बर ७ मा हुने छ। यस्तै, फाइनल खेल भने सेप्टेम्बर १० मा हुने छ।
नेपालले अहिलेसम्म ७ पटक यस प्रतियोगितामा सहभागिता जनाइसकेको छ। तीमध्ये ४ पटक फाइनल खेल खेलेको छ। तर, ४ पटक नै नेपाल फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सिमित भएको छ। गत वर्ष श्रीलंकामा आयोजना भएको पछिल्लो संस्करणमा पनि नेपाल भारतसँग ४-० गोलअन्तरले पराजित हुँदै उपविजेता बनेको थियो।
नेपाल एकपटक दुई पटक तेस्रो भएको थियो भने एक पटक चौथो स्थानमा रहँदै स्वदेश फिर्ता भएको थियो।
अन्तिम टोली
गोलकिपरः बिषेश बानिया, पेम्बा नुरबु भोटे, भक्तबहादुर परियार
डिफेन्डर: एकराज विश्वकर्मा, किशन थापा, अरविन्दकुमार धामी, भुवन कामी, प्रशान्त मोक्तान, निशानराज लवोत, किशोरकुमार दानवर, शरण एस.के.
मिडफिल्डरः सुजल स्यांतान, राम थामी, पेम्बा तामाङ, गणेश पुलामी मगर, विनायक थारु, सुवास बम, लक्ष्मण थामी, डिलन लिम्बु
फरवार्डः सन्तोष गोंवा, रोहित श्रेष्ठ, हिमेश माझी, दर्शन अधिकारी
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |