← समाचारमा फर्कनुस्
नेपालले मंगोलियालाई २७३ रनले हरायो

काठमाडौ- चिनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको छ।
३१५ रनको विशाल लक्ष्य पछ्याएको मंगोलिया ४१ रनमा अलआउट भयो।
नेपालका लागी करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने समान २-२ विकेट लिए।
त्यस्तै सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १-१ विकेट लिए ।
यसअघि झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले तीन विकेट गुमाउदै ३१४ रन बनाएको थियो।
नेपालका लागी कुशल मल्लले ५० बलमा ८ चौका र १२ छक्का हान्दै १३७ रनमा नटआउट रहेका थिए।
त्यस्तै दीपेन्द्रसिंह ऐरी १० बलमा ८ छक्का हान्दै ५२ रनमा नटआउट रहे ।
त्यस्तै नेपालका लागी कप्तान राहित पौडेलले २७ बलमा २ चौका र ६ छक्का हान्दै ६१ रन बनाएका थिए।
ओपनर कुशल भुर्तेल १९ र आसिफ शेख १६ रनमा आउट भएका थिए।
नेपालले बनाएको ३१४ रन यो टि-२० इतिहासकै उच्च योगफल समेत हो ।
दीपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतक बनाउदै नया विश्व किर्तिमान बनाएका छन्।
त्यस्तै कुशल मल्ले ३४ बलमै शतक बनाउदै विश्व किर्तिमान बनाएका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |