← समाचारमा फर्कनुस्
Cricket Aug 26, 2023 · Shishir

नेपालले जित्यो टी–२० सिरिजको उपाधि

नेपालले जित्यो टी–२० सिरिजको उपाधि

काठमाडौँ– चार देश सम्मिलित महिला टी–२० सिरिजको उपाधि नेपालले जितेको छ।

शनिबार भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो। नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्धतिका आधारमा गरिएको हो।

बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला बलिङ गर्ने निर्णय गर्‍यो। मलेसियाले नेपालविरुद्ध ब्याटिङ गर्दै निर्धारित २० ओरमा ६ विकेट गुमाउँदै १०१ रन बनायो।

१०२ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको नेपालले ५.३ ओभर खेल्दा वर्षा भएपछि खेल रोकिएको थियो।

महिला टी–२० सिरिजमा आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत सहभागी भएका थिए ।

यही अगस्ट ३१ देखि मलेसियामै हुने आइसीसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारी स्वरूप नेपालले उक्त सिरिज खेलेको हो।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →