← समाचारमा फर्कनुस्
कुशल भुर्तेल चम्किदा ओमानविरुद्ध नेपाल विजयी

काठमाडौ- कुशल भुर्तेलले १०१ रनको शानदार शतकीय पारी खेलेसंगै नेपालले वार्मअप खेलमा ओमानलाई २ विकेटले पराजित गरेको छ ।
ओमानले दिएको २६८ रनको लक्ष्य नेपालले ४४.५ ओभरमा ८ विकेट गुमाउदै पुरा गर्यो।
नेपालका लागि कुशल भुर्तेलले १०१ रनको शतकीय पारी खेलेका थिए भने भीम सार्कीले ५६, कप्तान रोहित पौडेलले ३१, दिपेन्द्र सिंह ऐरीले २६ रन बनाए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४९.२ ओभरमा अलआउट हुदै २६७ रन बनाएको थियो।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५ विकेट लिदासन्दीप लामिछानेले ३ विकेट लिए । त्यस्तै करण केसी, प्रतिश जि.सीले समान १/१ विकेट लिए।
विश्वकप छनोट आगामी आईतबारबाट सुरु हुनेछ । विश्वकप छनोटको पहिलो खेलमा नेपालले आईतबार घरेलु टोली जिम्बावेसँग खेल्नेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |