← समाचारमा फर्कनुस्
इन्दु बर्मा चम्किदा नेपालको लगातार दोस्रो जित

नेपालले चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको छ।
नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन बनायो ।
नेपालको लागी इन्दु बर्माले ३ तथा खुशी डंगोलले २ विकेट लिइन् ।
ईश्वरी विष्ट, कविता कुँवर र सीता रानामगरले समान १/१ विकेट लिइन् ।
त्यसअघि टस हारेर पाहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनाएको थियो ।
नेपालका लागि ईन्दु बर्माले सर्वाधिक २३ रन बनाईन् ।
बिन्दु रावलले २० रन बनाउँदा काजल श्रेष्ठले अविजित १९ रन बनाईन् । नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |