← समाचारमा फर्कनुस्
Football Aug 07, 2023 · Shishir

नेपालले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपालले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

फिफा विश्वकप २०२६ छनोटअन्तर्गत प्रारम्भिक चरण खेल्न लागेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार विश्वकप छनोटअन्तर्गत प्रारम्भिक चरण खेलको तयारीस्वरूप म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको जानकारी दिएको हो।

एन्फाका अनुसार खेल म्यानमारको याङ्गुनमा सेप्टेम्बर ८ र ११ मा  खेलिनेछन्। यो मैत्रीपूर्ण खेल फिफा विन्डोअन्तर्गत खेलिन लागिएको हो।

नेपालले अक्टोबर १२ र १७ मा लाओससँग प्रारम्भिक चरणको खेल खेल्ने छ।

दोस्रो चरणमा प्रवेश गरेमा नेपालले समूह एच मा रहेको युएई बहराइन या यमन र श्रीलंकाबीचशो विजेतासँग खेल्नेछ। दोस्रो चरणका खेलहरू नोभेम्बर २०२३ र जुन २०२४ को बीचमा होम एन्ड अवे ढाँचामा खेलाइनेछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →