← समाचारमा फर्कनुस्
Cricket Sep 05, 2023 · Shishir

भारतसंगको हारसंगै बाहिरियो नेपाल

भारतसंगको हारसंगै बाहिरियो नेपाल

जारि एशिया कपमा नेपाल भारतसंग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ।

उता भारत नेपाललाई १० विकेटले पराजित सुपर चारमा पुगेको छ ।

बर्षाले खेल अवरुद्ध भएपछि डक वर्थ लुइस नियम अनुसार भारतलाई २३ ओभरमा १४५ रनको लक्ष्य दिइएको थियो ।

भारतको जितमा कप्तान रोहित शर्माले अविजित ७४ रन बनाए भने शुभमन गीलले अविजित ६७ रन बनाए ।

टस हारेर पहिला ब्याटिंग गर्दै ४८.२ ओभरमा अल आउट हुदै २३० रन बनाएको थियो ।

नेपालका लागि आसिफ सेखले सर्बाधिक ५८ रन बनाएका थिए भने उनले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ६५ रनको शानदार साझेदारी गरेका थिए ।

त्यस्तै कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए ।

सोमपाल कामीले उत्कृष्ट ब्याटिंग गर्दै ४८ रन बनाएका थिए । सोमपालले दिपेन्द्र सिंह ऐरीसँग ५० रन र सन्दीप लामिछानेसँग ३४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

त्यसैगरी दिपेन्द्र सिंह ऐरी २७, भीम सार्कीले ७, कप्तान रोहित पौडेलले ५, कुशल मल्लले २, गुलशन झाले २३, सन्दीप लामिछानेले ९ रन बनाएर आउट भएका थिए ।

त्यस्तै करण केसीले  अविजित २ रन बनाए भने ललित राजबंशी शुन्यमा आउट भएका थिए  ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →