← समाचारमा फर्कनुस्
Cricket Aug 25, 2023 · Shishir

मलेसियासँग पराजित नेपालले हङकङसँग फाइनल खेल्ने

मलेसियासँग पराजित नेपालले हङकङसँग फाइनल खेल्ने

चारदेशीय महिला टी-ट्वान्टी सिरिजको फाइनलमा नेपाल र हङकङ खेल्ने भएको छ।

समूह चरणको अन्तिम खेलमा नेपाललाई ६ विकेटले पराजित गरेपनि आयोजक मलेसिया नेट रनरेटमा पछि पर्दै फाइनलमा पुग्न सकेन।

नेपाल, हङकङ र मलेसियाले ३ मध्ये समान २-२ खेलमा जित हात पार्दै ४-४ अंक जोडेको थियो।

तर नेट रनरेटमा नेपाल र हङकङ फाइनलमा प्रवेश गरेका हुन् । कुवेतले भने ३ वटै खेलमा पराजय भोग्यो।

नेपालले दिएको ८५ रनको लक्ष्य मलेसियाले १६ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि पुजा महतो, सीता राना मगर र कप्तान रुविना क्षेत्रीले १-१ विकेट हात पारे।

नेपालका लागि कप्तान रुविना क्षेत्रीले २३ रन तथा इन्दु वर्माले २० रन जोडे। काजल श्रेष्ठले १८ रन बनाइन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →