नेपाल पहिलो अभ्यास खेलमा ब्लूमफिल्डसँग पराजित

नेपाल पहिलो अभ्यास खेलमा श्रीलंकाको स्थानीय क्लब ब्लूमफिल्डसँग पराजित भएको छ। बुधबार सम्पन्न खेलमा नेपाल ६ विकेटले पराजित भएको हो। नेपालले दिएको १९८ रनको लक्ष्य पछ्याएको ब्लूमफिल्डले २४.३ ओभरमा ४ विकेट गुमाउँदै २०० रन बनायो।
ब्लूमफिल्डका हसिता बोयागोडाले सर्वाधिक ९० रन बनाए। उनले ५३ बलमा ७ चौका र ७ छक्का प्रहार गरे।
अशान फर्नाल्डोले ५४ बलमा ६ चौका र २ छक्कासहित ५६ रन बनाए। यता, ओपनर सानदुन विराकोडी ३१ रन बनाए।
नेपालका सूर्य तामाङले २ विकेट लिए। प्रतिश जिशी र श्याम ढकालले समान १/१ विकेट लिए।
त्यसअघि ब्लूमफिल्ड क्रिकेट क्लबमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ४३.४ ओभरमा सबै विकेट गुमाउँदै १९७ रन बनायो।
नेपालका ओपनर अर्जुन साउदले सर्वाधिक ७९ रन बनाए। उनले ११३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।
सन्दीप जोरा ३१, देव खनाल २२, प्रतिश जिशी १६ र सोमपाल कामी १० रनमा आउट भए।
ब्लूमफिल्डका मन्डिला परेरा, निमेष थारूणा, असिथा वान्निनायके र दिनेश समराविक्रमाले २/२ विकेट लिए।
नेपालले एशिया कपको तयारीस्वरूप ब्लूमफिल्डसँग अभ्यास खेल खेलेको हो। नेपालले दोस्रो अभ्यास खेल तामिल युनियनसँग खेल्ने छ। खेल सारा ओभलमा शुक्रबार बिहान १० बजेदेखि शुरू हुने छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |