← समाचारमा फर्कनुस्
बांगलादेशविरुद्ध मैत्रीपूर्ण खेलको उपाधि जितेर महिला फुटबल टिम स्वदेश फर्कियो

बांगलादेशविरुद्ध फिफा मैत्रीपूर्ण खेलमा सहभागि भएर नेपाली राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्किएको छ ।
बंगलादेशमा दुई वटा मैत्रीपूर्ण खेल खेलेकामा नेपाल पहिलो १-१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा टाइब्रेकरमा २-४ को जित निकाल्दै मैत्रीपूर्ण उपाधि हात पारेको हो ।
यस्तै टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले छोटो समयको तयारीले साफ च्याम्पियनलाई हराउन सफल भएकोमा खुसी व्यक्त गरेका छन् ।
‘हामीले जम्मा तीन दिनको मात्र तयारी गरेका थियौँ। हामीले सुनेअनुसार बंगलादेशले डेढ महिनादेखि बन्द प्रशिक्षण गरिरहेको थियो । हामीले साफ च्याम्पियनलाई उनीहरूकै मैदानमा हराउनु भनेको नेपाली टोलीको सराहना गर्नै पर्छ । त्यहाँको मौसम पनि नेपाली टोलीका लागि अनुकूल थिएन’, स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै प्रशिक्षक थापाले भने ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |