अर्जेन्टिनाका भ्यालेन्टिन बार्को चेल्सीमा अनुबन्ध

इंग्लिस क्लब चेल्सीले अर्जेन्टिनाका खेलाडी भ्यालेन्टिन बार्कोको स्थायी अनुबन्ध आधिकारिक रूपमा पूरा गरेको छ। उनी आरसी स्ट्रासबर्गबाट चेल्सी आएका हुन्।
उनले चेल्सीसँग सन् २०३३ सम्मका लागि ७ वर्षे दीर्घकालीन सम्झौतामा हस्ताक्षर गरेका छन्। स्थानान्तरण शुल्क सार्वजनिक गरिएको छैन, तर मिडिया रिपोर्टअनुसार यो करिब ४० मिलियन युरो रहेको अनुमान गरिएको छ।
बार्को बोका जुनियर्सका उत्पादन हुन्। उनी सन् २०२४ मा ब्राइटन आएका थिए र त्यहाँबाट पहिले लोनमा तथा पछि स्थायी रूपमा स्ट्रासबर्ग पुगेका थिए। स्ट्रासबर्गको जर्सीमा सन् २०२५–२६ संस्करणमा उनले ५८ खेलमा ३ गोल र ११ असिस्ट गरेका थिए। त्यस्तै, उनी सन् २०२६ को विश्वकपमा उपविजेता बनेको अर्जेन्टिनाको राष्ट्रिय टोलीको सदस्य पनि थिए।
बहुउपयोगी खेलाडीका रूपमा चिनिने बार्कोले लेफ्ट–ब्याक र सेन्ट्रल मिडफिल्ड दुवै स्थानमा खेल्न सक्छन्। उनी चेल्सीका नयाँ प्रशिक्षक जाबी अलोन्सोको योजनामा पर्ने नवीनतम अनुबन्ध हुन्। चेल्सीले यस समर ट्रान्फरमा आफ्नो टोलीलाई थप बलियो बनाउँदै लगेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |