म्यानमार जाने नेपाली टोलिको विदाई

काठमाडौँ– म्यानमारसँग हुन लागेको मैत्रीपूर्ण खेलका लागि म्यानमार जाने नेपाली फुटबल टोलीको विदाई भएको छ।
अखिन नेपाल फुटबल संघ एन्फाले एक कार्यक्रम गर्दै आज विहान नेपाली टोलिको विदाई गरेको हो।
एन्फाका अनुसार नेपाली टोली आजै म्यानमार प्रस्थान गर्नेछ।
यस खेलका लागी नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जव अल्बर्टो एनिसले आइतबार २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन्।
फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ छनोटको प्रारम्भिक चरणको तयारीस्वरूप नेपालले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
यो मैत्रीपूर्ण खेल म्यानमारको रंगुनमा सेप्टेम्बर ८ र ११ मा हुने छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार यी दुई मैत्रीपूर्ण खेल फिफा विन्डोअन्तर्गत खेल्न लागिएको हो।
प्रारम्भिक टोलीबाट फरवार्ड विमल घर्तीमगर, गोलरक्षक अनिष देउला, डिफेन्डर विमल पाण्डे, देवेन्द्र तामाङ, सीमान्त थापा र एन्जल महर्जन, मिडफिल्डर कुशल फुयाँल र विशाल तामाङ बाहिरिएका छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |