← समाचारमा फर्कनुस्
Cricket Jul 07, 2023 · Shishir

ज्ञानेन्द्र र करणसहित चार खेलाडीलाई बाहिर राख्दै इमर्जिङ कपको लागि टोली घोषणा

ज्ञानेन्द्र र करणसहित चार खेलाडीलाई बाहिर राख्दै इमर्जिङ कपको लागि टोली घोषणा

चार मुख्य खेलाडीलाई बाहिर राख्दै नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपको लागि टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ ९क्यान०ले जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुने प्रतियोगिताको लागि शुक्रबार टोलीको घोषणा गरेको हो।

टोलीमा नियमित खेलाडी ज्ञानेन्द्र मल्ल, करण केसी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले परेका छैनन्। दीपेन्द्र र सन्दीपले ग्लोबल टी(२० क्यानडा लिग खेल्ने छन्।

उक्त लिग जुलाई २० देखि अगस्ट ६ सम्म आयोजना हुने छ। दीपेन्द्रलाई ड्राफ्टमार्फत् मोन्ट्रेल टाइगर्सले अनुबन्ध गरेको हो। सन्दीप भने यस पटक सर्रे जागुअरमा अनुबन्ध भएका छन्।

यसपटक टोलीमा देव खनाल, मौषम ढकाल र सन्दीप जोराले पुनरागमन गरेका छन्। यस्तै, चाइना म्यान सूर्य तामाङले भने पहिलोपटक टोलीमाफस्थान बनाएका छन्।

इमर्जिङ टिम्स एसिया कप पाँच टेष्ट राष्ट्रसँगै एसीसी प्रिमियर कपको शीर्ष तीन टोली नेपाल, यूएई र ओमानले खेल्ने छन्। नेपाल प्रिमियर कपको विजेता बनेको थियो।

इमर्जिङ कपमा नेपाल रहेको समूह बी मा पाकिस्तान ए, भारत ए र यूएई छन्। अर्को समूहमा श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान छन्। नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तानसँग खेल्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →