← समाचारमा फर्कनुस्
इमर्जिङ कप खेल्न जाने नेपाली क्रिकेट टिमको विदाई

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ।
सोमबार राजधानीमा एक कार्यक्रम गर्दै क्यानले नेपाली राष्ट्रिय टोलीको बिदाइ गरेको हो।
प्रतियोगिता खेल्नको लागि नेपाली टोली आजै श्रीलंका प्रस्थान गर्ने योजना रहेको छ। समूह बी मा नेपालसँगै पाकिस्तान ए, भारत ए र यूएईसमेत छन्।
नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग खेल्नेछ। नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्ने तालिका रहेको छ। श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान समूह ए मा छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |