← समाचारमा फर्कनुस्
Cricket Sep 15, 2023 · Nepalsports

एशियाडको लागि १५ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा

एशियाडको लागि १५ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा

काठमाडौ- चीनको होङझाउमा आयोजना हुन लागेको १९औँ एशियाली खेलकुद (एशियाड)को लागि नेपाली क्रिकेट टिमको घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले नियमित कप्तान रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो।

टिममा पौडेलसहित करण केसी, प्रतिश जिसी, आशिफ शेख, कुशल मल्ल, सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, विवेक कुमार यादव, अविनाश बोहोरा र सन्दीप लामिछाने रहेका छन्। समूह चरणमा नेपालले जापान र कम्बोडियासँग खेल्ने छ।

एशियाड गेम्स सेप्टेम्बर २३ देखि अक्टाेबर ८सम्म चल्ने छ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →