← समाचारमा फर्कनुस्
एशिया कप: नेपालले एक खेल श्रीलंका र अर्को पाकिस्तानमा खेल्ने

एसीसी एशिया कपको खेल तालिका सार्वजनिक भएको छ।
एशियन क्रिकेट काउन्सिल (एसिसी) ले मंगलबार अगस्ट ३० देखि सेप्टेम्बर १७ (भदौ १३ देखि ३१) सम्म हुने खेल तालिका सार्वजनिक गरेको हो। सार्वजनिक तालिका अनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्नेछ। उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा हुनेछ।
यस संस्करणको एशिया कप हाइब्रिड मोडल अनुसार पाकिस्तान र श्रीलंकामा हुनेछ। खेल एकदिवसीय हुने छ।
भारत पाकिस्तान नजाने भएपछि एशिया कपका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले हाइब्रिड मोडल प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव एसीसीले अनुमोदन गरेको छ।
प्रतियोगिताका १३ मध्य ४ खेल पाकिस्तान हुने छ। बाँकी ९ खेल श्रीलंकामा हुनेछन्। नेपालले दोस्रो खेल भारतसँग तथस्ट भूमी श्रीलंकामा खेल्ने छ।

AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |