← समाचारमा फर्कनुस्
`भारत र पाकिस्तानविरुद्ध जित्ने विश्वास राख्छौ’: रोहित पौडेल

काठमाडौँ– भारत र पाकिस्तानको समूहमा रहेर एशिया कप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले दुई अनुभवी राष्ट्रविरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका छन्।
एशिया कपको यात्रा शुरू हुनुअगाडि मंगलबार काठमाडौँमा भएको पत्रकार सम्मेलनको अवसरमा नेपाली क्रिकेट टोलीका कप्तान रोहितले दुई अनुभवी राष्ट्र भारत र पाकिस्तानविरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास व्यक्त गरेका हुन्।
आगामी अगस्ट ३० मा पाकिस्तानविरुद्ध खेल्दै नेपालले एशिया कपमा डेब्यू पनि गर्दै छ।
सोही एशिया कपको तयारीका लागि नेपालले पाकिस्तानमा नै अभ्यास गर्नेछ।
त्यसका लागि नेपाली टोली मंगलबार पाकिस्तान प्रस्थान गर्दै छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |