← समाचारमा फर्कनुस्
Cricket May 02, 2023 · Shishir

वर्षाले प्रभावित बॅाकी फाइनल खेल आज, बलियो स्थितिमा नेपाल

वर्षाले प्रभावित बॅाकी फाइनल खेल आज, बलियो स्थितिमा नेपाल

काठमाडौ- एसिसी प्रिमियर कपको वर्षाले प्रभावित फाइनलमा खेलको बॅाकी खेलमा नेपालले आज युएईसँग खेल्दैछ । 

 खेल आज बिहान ९ बजेबाट टियु क्रिकेट मैदानमा सुरु हुनेछ । युएईले २७.३ ओभरमा १०६–९ को अवस्थाबाट खेल सुरु गर्नेछ ।

नेपालका लागि ललित राजबंशीले सर्वाधिक  ३ विकेट लिदा सन्दीप लामिछाने र करण केसीले समान २–२ तथा सोमपाल कामी र गुल्सन झाले समान १–१ विकेट लिएका छन् ।

युएईका लागी कार्तिक मयाप्पन ६ बलमा १ रन बनाएर क्रिजमा रहेका छन् ।

प्रतियोगिताको विजेता टोलिले एसिया कपमा पाकिस्तान र भारतसँग एउटै समूहमा रहेर प्रतियोगिता खेल्नेछ।

नेपाली टिमः आसिफ शेख,कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल,कुशल मल्ल, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →