← समाचारमा फर्कनुस्
Cricket Jul 06, 2023 · Shishir

नेदरल्यान्ड्स पाँचौँ पटक एक दिवसीय विश्वकपमा

नेदरल्यान्ड्स पाँचौँ पटक एक दिवसीय विश्वकपमा
काठमाडौ- १२ वर्षपछि नेदरल्यान्ड्स एक दिवसीय विश्वकपमा 
बास् डे लिडको अलराउन्ड प्रदर्शन गरेसँगै नेदरल्यान्ड्स १२ वर्षपछि एक दिवसीय विश्वकपमा छनोट भएको छ। बिहीबार सम्पन्न खेलमा स्कटल्यान्डलाई ४ विकेटले पराजित गर्दै नेदरल्यान्ड्स पाँचौ पटक विश्वकपमा छनोट हुन् सफल भएको हो। नेदरल्यान्ड्स अन्तिम पटक सन् २०११ मा बंगलादेश, श्रीलंका र भारतले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा छनोट भएको थियो।  

नेदरल्यान्ड्स यसअघि सन् १९९६, २००३, २००७ र २०११ मा विश्वकप खेलिसकेको छ। यद्यपि, समूह चरणबाट अगाडि बढ्न सकेको छैन। बिहीबार स्कटल्यान्डले दिएको २७८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। 

नेदरल्यान्ड्सले ५ खेलमा ३ जितसहित ६ अंक जोड्यो। स्कटल्यान्डसले पनि समान नजिता निकाल्दै समान अंक जोड्यो। तर, नेदरल्यान्ड्स नेटरननेटमा अगाडी रह्यो। नेदरल्यान्ड्सको नेटरननेट ०.१६० रह्यो। यस्तै, स्कटल्यान्डको नेटरननेट ०.१०२ रह्यो। नेदरल्यान्ड्सले अन्तिम खेल श्रीलंकासँग खेल्ने छ।

नेदरल्यान्ड्सका डे लिडले सर्वाधिक १२३ रन प्रहार गरे। उनले ९२ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। उनको ओडीआईमा यो पहिलो शतक हो। यस्तै, ओपनर विक्रमजीत सिंहले ४०, कप्तान  स्कट एडवार्ड्सले २५, म्याक्स ओ’डाउडले २० र वेस्ले बारेसीले ११ रन बनाए। 

साकिव जुल्फिकर ३३ र लोगन भान बिक १ रनमा अविजित रहे। स्टकल्यान्डका माइकल लीस्कले सर्वाधिक २ विकेट लिए। ब्रान्डन म्याकमुलेन, मार्क वाट र क्रिस ग्रेभ्ब्सले १/१ विकेट लिए।

त्यसअघि क्विन्स स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ थालेको स्टकल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २७७ रन बनायो।

स्टकल्यान्डका ब्रान्डन म्याकमुलेनले सर्वाधिक १०६ रन प्रहार गरे। ११० बल खेलेका उनले ११ चौका र ३ छक्का प्रहार गरे। कप्तान रिचर्ड बेरिङ्गटनले ६४, क्रिस्टोफर म्याकब्राइडले ३२, क्रिस ग्रेभ्ब्सले १८ रन बनाउँदा थोमस म्याकिन्तोस १८ रनमा अविजित रहे। 

नेदरल्यान्ड्सका बास् डे लिडले सर्वाधिक ५ विकेट लिए। रायन  क्लेइनले २ र लोगन भान बिकले १ विकेट लिए।
AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →