मुम्बईलाई हराउँदै गुजरात दोस्रो स्थानमा उक्लियो

काठमाडौ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा राति भएको खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्दै गुजरात टाइटन्स तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
घरेलु मैदानमा गुजरातले जितका लागी दिएको २०८ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १५२ रन मात्र बनायो।
मुम्बईका लागि नेहाल वाडहेराले सर्बाधिक ४० रन बनाउदा क्यामरु ग्रीनले ३३ रन र सूर्यकुमार यादवले २३ रन बनाए।
गुजरातका लागी नूर अहमदले ३ विकेट लिदा राशिद खान र मोहित शर्माले समाव २-२ विकेट लिए र हार्दिक पाण्डेयले १ विकेट लिए।
त्यसअघि सुरुवातमा टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो ।
गुजरातका लागि शुभमन गीलले सर्बाधिक ५६ रन बनाउदा डेभिड मिलरले ४६ रन र अभिनव मनोहरले ४२ रन बनाएका थिए ।
मुम्बई इण्डियन्सका लागी पियुष चावलाले २ विकेट लिदा अर्जुन तेन्दुलकर, जासन बेहरेनडोर्फ़, रिले मेरेडथ र कुमार कार्तिकेयले समान १-१ विकेट लिएका थिए ।
यो जितपछि गुजरातले ७ खेलमा १० अंक जोडेको छ। उता मुम्बईको ७ खेलमा ६ अंक रहेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |