← समाचारमा फर्कनुस्
Cricket Sep 27, 2023 · Shishir

किर्तीमानी टी-२० खेलमा नेपालले मंगोलियालाई दियो ३१५ रनको विशाल लक्ष्य

किर्तीमानी टी-२० खेलमा नेपालले मंगोलियालाई दियो ३१५ रनको विशाल लक्ष्य

काठमाडौ- चिनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियालाई किर्तीमानी ३१५ रनको लक्ष्य दिएको छ।

नेपालका लागी  कुशल मल्लले ५० बलमा ८ चौका र १२ छक्का हान्दै १३७ रनमा नटआउट रहे। 

त्यस्तै दीपेन्द्रसिंह ऐरी १० बलमा ८ छक्का हान्दै ५२ रनमा  नटआउट रहे ।

त्यस्तै नेपालका लागी कप्तान राहित पौडेलले २७ बलमा २ चौका र ६ छक्का हान्दै  ६१ रन बनाए। 

ओपनर कुशल भुर्तेल १९ र आसिफ शेख १६ रनमा आउट भएका थिए।

नेपालले बनाएको ३१४ रन यो टि-२० इतिहासकै उच्च योगफल समेत हो । 

दीपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतक बनाउदै नया विश्व किर्तिमान बनाएका छन्। 

त्यस्तै कुशल मल्ले ३४ बलमै शतक बनाउदै विश्व किर्तिमान बनाएका छन्।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →