मेस्सीले बार्सिलोनाबाटै सन्यास लिन सक्नेछन्ः ला लिगा अध्यक्ष

काठमाडौ- स्पेनिस ला लिगाका अध्यक्ष ज्याभियर तेबासले लियोनेल मेस्सीले बार्सिलोनाबाटै सन्यास लिन सक्ने बताएका छन्।
अन्तराष्ट्रिय चर्चित पत्रकार फाब्रिजियो रोमानोसंग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
तेबासले भनेका छन् ` मलाई लाग्छ बार्सिलोनाबाट मेस्सीले आफ्नो खेल जिवन समाप्त गरिसकेका छैनन्। उनीहरुबिच सम्झौता मात्र हुन नसकेका कारण मेस्सी बार्सिलोना नफर्किएका हुन्। मेस्सीले बार्सिलोनामै आफ्नो करियरको समाप्ति गर्दा धेरै राम्रो हुनेछ।’
त्यस्तै मेस्सीले बार्सिलोनामा लामो समय खेलेका कारण त्यहिबाट आफ्नो करियर समाप्ती गर्दा मेस्सीलाई पनि राम्रो हुने तेबासको बुझाई रहेको छ।
१३ वर्षकै उमेरमा अर्जेन्टिनाबाट स्पेन आएका मेस्सीले करिब दुई दशक बार्सिलोनामा बिताएका छन्।
मेस्सीले सन् २०२१/२२ मा बार्सिलोना छाड्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन्ट पिएसजीमा अनुबन्ध भएका थिए।
पिएसजीमा दुई सिजन बिताएर मेस्सी अहिले अमेरिकन क्लब इन्टर मियामीबाट खेलिरहेका छन्।
मेस्सी बार्सिलोनाका लागि सबैभन्दा धेरै उपाधि जित्ने, धेरै खेल खेल्ने र सर्वाधिक गोलकर्ता समेत हुन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |