← समाचारमा फर्कनुस्
Football Aug 17, 2023 · Shishir

युईएफए बेष्ट प्लेयर मनोनयनमा मेस्सी, डेब्रुएना र हालान्ड

युईएफए बेष्ट प्लेयर मनोनयनमा मेस्सी, डेब्रुएना र हालान्ड

काठमाडौँ । यूरोपेली फुटबल महासंघले प्रदान गर्ने युइएफए २०२२/२०२३ को उत्कृष्ट तीन खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । 

युइएफएले सार्वजनिक गरेको मनोनयनमा म्यानचेस्टर सिटीका केभिन डी ब्रुने, सिटीकै इर्लिंग हालाण्ड र हालै पिएसजी छोडेर इन्टर मियामी पुगेका लियोनल मेस्सी रहेका छन् ।

युइएफएले २०२२(२३ मा युरोपियन प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा छानिएका खेलाडीलाई प्रतियोगितामा सहभागी क्लबका प्रशिक्षक, युइएफएका सदस्य देशका प्रशिक्षक र युरोपियन स्पोर्ट्स मिडियाका खेल पत्रकारहरुले गरेको मतदानका आधारमा अन्तिम मनोनयनमा परेका तीन खेलाडीको नाम सार्वजनिक गरेको जनाएको छ ।

यस्तै यस सूचीको चौथो स्थानमा जर्मनीका इके गुनडोगान, पाँचौं स्थानमा स्पेनका रोड्री, छैटौं स्थानमा फ्रान्सका किलियन एम्बाप्पे, सातौं स्थानमा क्रोसियाका लुका मोड्रीच, आठौ स्थानमा क्रोसियाका मार्सेलो ब्रोजोभिक, नवौं स्थानमा इङल्याण्डका डेक्लान राइस र दशौँ स्थानमा अर्जेन्टिनाका एलेक्सिस म्याक अलिस्टर रहेका छन् ।

आगामी अगस्त ३१ मा हुने च्याम्पियन्स लिगको समुह चरणको ड्र समारोहमा अन्तिम तीनबाट उत्कृष्ट खेलाडीले बर्षको युरोपको उत्कृष्ट खेलाडीको अवार्ड पाउने युइएफएले बताएको छ ।

त्यस्तै युइएफए उत्कृष्ट प्रशिक्षकमा म्यानचेस्टर सिटीका पेप गोआर्डिओला, इन्टर मिलानका सिमोने इन्जाघी र नापोलीका लुसियानो स्पालेट्टी रहेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →