← समाचारमा फर्कनुस्
Football Aug 27, 2023 · Shishir

नोट्टीङघममाथि युनाइटेडको पुनरागमन जित

नोट्टीङघममाथि युनाइटेडको पुनरागमन जित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर युनाइटेडले नोट्टीङघम फोरेस्टलाई पराजित गरेको छ।

म्यानचेस्टर युनाइटेडले नोट्टीङघमलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।

म्यानचेस्टर युनाइटेडले २-० गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै ३-२ को जित निकालेको हो।

युनाइटेडको जितमा क्रिस्टियन इरिक्सन, क्यासेमिरो र ब्रुनो फर्नानडेजले १-१ गोल गरे।

त्यस्तै नोट्टीङघमका लागि ताइवो अवोनियी र विलि बोलीले १-१ गोल गरे।

यो जितसँगै म्यानचेस्टर युनाइटेडको जारी सिजनमा दोस्रो जित निकालेको छ।

३ खेलमा युनाइटेडको ६ अंक भएको छ । त्यस्तै पराजित नोट्टीङघमको भने ३ खेलमा ३ अंक रहेको छ।





AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →