एएफसी कप : पारोविरुद्ध मछिन्द्रको संघर्षपुर्ण जित

प्रतिस्पर्धात्मक खेलमा भुटानको पारो एफसीलाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब एएफसी कपको दोस्रो चरणमा पुगेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न प्रारम्भिक चरणको पहिलो खेलमा पारो एफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै मछिन्द्र अर्को चरणमा पुगेको हो।
पहिलो हाफमा दुवै टोलीले उत्कृष्ट मौका सिर्जना गरेका थिए। तर, मछिन्द्र हाबी हुँदै दुई गोलको अग्रता लिएको थियोे। तर, दोस्रो हाफको २० मिनेटपछि पारोले खेलमा पकड जमाउँदै एक गोल फर्कायो।
मछिन्द्रका लागि विमल घर्तीमगर, आयुष घलान र अफिज ओलाओलेले गोल गरे। यता, पारोका काजुओ होम्मा र इभान असान्टेले गोल गरे।
खेलको सातौँ मिनेटमै पाराले अग्रता लिएको थियो। किङ्गा वाङ्चुकलले कर्नरमा दिएको बललाई छिमी छेवाङले हेडर गरेका थिए। तर, बक्स बाहिर गएको बललाई किङ्गाले प्रहार गरेका थिए। उक्त बललाई मछिन्द्रका गोलरक्षक तथा कप्तान विशाल श्रेष्ठले नियन्त्रणमा लिन सकेनन्। उक्त बललाई विशालनजिक रहेका जापानी खेलाडी होम्माले जाली चुमाए।
तर, उक्त अग्रता धेरैबेर कायम रहन सकेन। घरेलु दर्शकको साथ पाएको मछिन्द्र १२औँ मिनेटमा खेलमा फर्कियो। बायाँ साइडको डिबक्सनजिकबाट आयुषले दिएको एअर बललाई विमलले हेडर गर्दै गोलमा परिणत गरे। त्यसको तीन मिनेटमै मछिन्द्रले खेलमा अग्रता लियो। आयुषले विमललाई पास दिएकै स्थानबाट डिफेन्डर शनिस श्रेष्ठले पास दिएका थिए। उक्त बललाई डिबक्सभित्र रहेका विमलले टच गर्दै आयुषलाई दिए। उनले प्रहार गरेको बल फस्टबारतर्फ सिधै गोलमा परिणत भयो।
३९औँ मिनेटमा अफिज ओलाओलेले गोल गर्दै मछिन्द्रको अग्रता ३-१ गोलअन्तरमा पुर्याए। आयुषले दिएको बललाई ओमोलाजा करिमले सेकेन्डबारतर्फ प्रहार गरेका थिए। करिमको उक्त एअर क्रस बललाई ओलाओलेले हेडर गर्दै गोल गरे।
७१औँ मिनेट परोका इभान असान्टेले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए। मिडफिल्डबाट आएको लामो पासलाई हेडर गर्दै कन्ट्रोलमा लिएका थिए। उनले छिरिङ गुरुङ र देवेन्द्र तामाङलाई बिट गर्दै उनले डिबक्सभित्रबाट फस्ट बारमा गोल गरे। तर, त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेनन्।
मछिन्द्र पहिलोपटक दोस्रो चरणमा पुगेको हो। २०७६ लिग मछिन्द्रले लिग जितेको थियोे। तर, लिग जिते पनि मछिन्द्रले एएफसी क्लब लाइसेन्स नपाउँदा एएफसी कप खेल्ने अवसर गुमायो।
२०७८ सालमा मछिन्द्र पुनः लिग विजेता बन्यो। तर, लिग विजेताको हैसियतमा एएफसी कपको प्रारम्भिक छनोट खेलेको मछिन्द्र पहिलो चरणमै श्रीलंकाको ब्लु स्टारसँग २–१ गोल अन्तरको हार बेहोर्दै प्रतियोगिताबाट बाहिरियो।
मछिन्द्रले अब दोस्रो चरणमा भारतको इन्डियन सुपर लिग (आईएसएल) खेल्ने मोहन बगानसँग खेल्ने छ। मछिन्द्र र मोहन बगानबीचको खेल १६ अगस्टमा हुने छ। यो खेलको विजेता प्लेअफमा पुग्नेछ।
प्लेअफमा बंगलादेशको ढाका अबहानी र माल्दिभ्सको क्लब इगल्सबीचको टोलीसँग खेल्ने छ। प्लेअफ खेल २२ अगस्टमा हुनेछ। त्यसको विजेता साउथ जोनबाट एएफसी कपको समूह चरणमा प्रवेश गर्नेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |