← समाचारमा फर्कनुस्
Football Aug 08, 2023 · Shishir

विमल र आयुष चम्किदा पारोविरुद्ध मछिन्द्र पहिलो हाफमा ३-१ गोलको अग्रता

विमल र आयुष चम्किदा पारोविरुद्ध मछिन्द्र पहिलो हाफमा ३-१ गोलको अग्रता

मछिन्द्र फुटबल क्लबले एएफसी कपको प्रारम्भिक चरणको पहिलो हाफमा दुई गोलको अग्रता लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार जारी खेलमा भुटानको पारो एफसीविरुद्ध मछिन्द्रले ३-१ गोलअन्तरको अग्रता लिएको हो।

मछिन्द्रका लागि विमल घर्तीमगर, आयुष घलान र अफिज ओलाओलेले गोल गरे। यता, पारोका काजुओ होम्माले गोल गरे। खेलको दोस्रो हाफ केहीबेरमा शुरू हुने छ।

खेलको सातौँ मिनेटमै पाराले अग्रता लिएको थियो। किङ्गा वाङ्चुकलले कर्नरमा दिएको बललाई छिमी छेवाङले हेडर गरेका थिए। तर, बक्स बाहिर गएको बललाई किङ्गाले प्रहार गरेका थिए।

उक्त बललाई मछिन्द्रका गोलरक्षक तथा कप्तान विशाल श्रेष्ठले नियन्त्रणमा लिन सकेनन्। उक्त बललाई विशालनजिक रहेका जापानी खेलाडी होम्माले जाली चुमाए।

तर, उक्त अग्रता धेरैबेर कायम रहन सकेन। घरेलु दर्शकको साथ पाएको मछिन्द्र १२औँ मिनेटमा खेलमा फर्कियो। बायाँ साइडको डिबक्सनजिकबाट आयुषले दिएको एअर बललाई विमलले हेडर गर्दै गोलमा परिणत गरे।

त्यसको तीन मिनेटमै मछिन्द्रले खेलमा अग्रता लियो। आयुषले विमललाई पास दिएकै स्थानबाट डिफेन्डर शनिस श्रेष्ठले पास दिएका थिए। उक्त बललाई डिबक्सभित्र रहेका विमलले टच गर्दै आयुषलाई दिए। उनले प्रहार गरेको बल फस्टबारतर्फ सिधै गोलमा परिणत भयो।

३९औँ मिनेटमा अफिज ओलाओलेले गोल गर्दै मछिन्द्रको अग्रता ३-१ गोलअन्तरमा पुर्‍याए। आयुषले दिएको बललाई ओमोलाजा करिमले सेकेन्डबारतर्फ प्रहार गरेका थिए। करिमको उक्त एअर क्रस बललाई ओलाओलेले हेडर गर्दै गोल गरे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →