सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै छ।
यसअघि ११ वैशाखमा न्यायाधीश दीपक ढकालको इजलासमा तोकिएको अन्तिम पेसीमा जाहेरवालाबाट चार कानुन व्यवसायीले बहस गरेपछि स्थगित भएको थियो। त्यसपछि आजलाई पुनः पेसी तोकिएको हो।
आज पीडितले अन्तरिम राहत माग गर्दै दिएको निवेदनमा पनि सुनुवाइ हुनेछ। सन्दीपविरुद्धको मुद्दाका पीडितले अन्तरिम राहत माग गर्दै पेस गरेको निवेदनको सुनुवाइ गत बिहीबार भएको थियो।
उनी पक्राउ पुर्जी जारी भएको एक महिनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए । पक्राउपछि प्रहरी हिरासतमा राखिएका सन्दीपलाई अनुसन्धान सकिएसँगै १५ कात्तिकमा मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) बमोजिम को कसुरमा मुद्दा दायर भएको थियो।
उनलाई न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। उक्त आदेश पाटन उच्च अदालतले उल्टाउँदै लामिछाने विदेश जान नपाउने सर्तसहित २० लाख धरौटीमा रिहा भएका थिए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |