वडा १३ र १४ बीच फाइनल

काठमाडौँ, असोज २ गते- प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि भिडन्त वडा नं १३ र वडा नं १४ बीच हुने भएको छ ।
लैनचौर फुटसल मैदानमा मङ्गलबार भएको पहिलो सेमिफाइनलमा खेलमा वडा नं १४ ले वडा नं ४ लाई १–० ले हरायो । सो खेलमा आरोन खड्काले निर्णायक गोल गर्नुभयो । आरोन नै म्यान अफ दि म्याच घोषित हुनुभयो ।
अर्को सेमिफाइनलमा वडा नं १३ ले वडा नं २६ लाई २–० ले पराजित गर्नुभयो । सो खेलमा दुवै गोल वडा १३ क आसिस कपालीले गर्नुभयो । आसिस नै म्यान अफ दि म्याच चुनिनुभयो । फाइनल खेल बुधबार बिहान १० बजे हुनेछ ।
नकआउटको आधारमा भइरहेको प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |