← समाचारमा फर्कनुस्
Cricket Apr 29, 2023 · Shishir

रोहित चम्किदा कुवेतलाई जितका लागी नेपालद्वारा २८२ रनको बलियो लक्ष्य

रोहित चम्किदा कुवेतलाई जितका लागी नेपालद्वारा २८२ रनको बलियो लक्ष्य

काठमाडौ- जारि एसीसी प्रिमियर कपमा कुवेतलाई नेपालले जितका लागी २८२ रनको बलियो लक्ष्य दिएको छ । 

टियु मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर २८१ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ९४ रनको अर्धशतकीय ईनिङ खेले । कुशल मल्लले ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय ईनिङ खेले । 

यस्तै ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ६५ बलमा ७७ रनको साझेदारी गरेका थिए । १०.५ ओभरमा ७७ रन बनाएको अवस्थामा विकेट गुमाएको थिएन । 

लगत्तै तीन विकेट गुमाएको नेपालका लागि चौथो विकेटका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले १०९ रनको सानदार साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफलमा पुगेको हो । 

मल्ल सयद मोईबको बलमा ५७ रन बनाउँदै आउट भएपछि साझेदारी तोडिएको थियो । 

आरिफ शेखले १९ बलमा २ चौका तथा १ छक्काको सहयोगमा १९ रन बनाए । सोमपाल कामीले ११ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित १३ रन बनाए । 

कुवेतका लागि कप्तान मोहम्मद अस्लाम र अदनान इद्रिसले समान ३/३ तथा सयद मोनिव र यासिन पटेलले समान १/१ विकेट लिए ।

५० ओभरको खेल वर्षाले प्रभावित भएपछि खेल ४२ ओभरमा छोट्याईएको थियो।

नेपाल अपराजित रहदै समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो।

नेपाली टिमः रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।






AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →