← समाचारमा फर्कनुस्
आइपिएलमा चेन्नईविरुद्ध कोलकोता विजयी

काठमाडौ- इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
राति भएको खेलमा कोलकोताले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो।
चेन्नईले जितका लागी दिएको १४५ रनको सामान्य लक्ष्य कोलकोताले १८.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।
त्यसअघि सुरुवातमा टस जितेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउदै १४४ रन बनाएको थियो ।
यो जितसंगै कोलकोता १३ खेलमा १२ अंकसहित सातौं स्थानमा रहदै प्लेअफको सम्भावनालाई कायम राखेको छ। उता चेन्नई १३ खेलमा १५ अंकसहित दोस्रो स्थानमा रहदै प्लेअफमा पुग्न एक जित टाढा रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |