← समाचारमा फर्कनुस्
आइपिएलमा कोलकोताद्वारा बैंगलोर पराजित

काठमाडौ- इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ ।
राति भएको खेलमा कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई २१ रनले पराजित गरेको हो।
कोलकोताले जितका लागी दिएको २०१ रनको लक्ष्य पछाएको बैंगलोरले२० ओभरमा ८ विकट गुमाउदै १७९ रन मात्र बनायो।
बैंगलोरका लागि कप्तान विराट कोहलीले अर्धशतक बनाए।
त्यसअघि सुरुवातमा टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ५ विकेट गुमाउदै २०० रन बनाएको थियो ।
यो संगै कोलकोता ८ खेलमा ६ अंकसहित गतालिकामा सातौ स्थानमा रहेको छ ।उता बैंगलोर८ खेलमा ८ अंकसहित तालिकामा चौथो स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |