आइपिएलमा बैंगलोरविरुद्ध चेन्नाई विजयी

काठमाडौ- इण्डियन प्रिमियर लिग (आइपिएल) मा राति सकिएको खेलमा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ।
एम चिन्नास्वामि मैदानमा भएको खेल चेन्नई सुपर किंग्सले ८ रनले जितेको हो।
जितका लागी चेन्नईले दिएको २२७ रनको लक्ष्य पछाएको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाउदै २१८ मात्र बनायो।
बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ७६ रन बनाउदा फाफ डु प्लेसिसले ६२ रन,दिनेश कार्तिकले २८ रन र सुयाश प्रभु देसाईले १९ रन बनाए।
चेन्नईका लागी तुषार देशपाण्डेले ३ विकेट लिदा मथीशा पथिरानाले २ विकेट लिए । त्यस्तै आकाश सिंह, महीस थिकशाना र मोइन अलीले समान १-१ विकेट लिए ।
यसअघि सुरुवातमा टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउदै २२६ रन बनाएको थियो ।
उसका लागी लागि डेभोन कोनवेले सर्बाधिक ८३ रन बनाउदा शिभम दुवेले ५२ रन , अजिख्य रहानेले ३७, मोइन अलीले १९ र अम्बाती रायाडूले १४ रन बनाए।
बैंगलोरका लागी मोहमद सिराज, वाने प्रनिल, विजयकुमार वैश्यक, ग्लेन म्याकवेल, वैनान्दु हसरंगा र हर्षल पटेलले समान १-१ विकेट लिए।
यो जितसंगै चेन्नईले ५ खेलमा ६ अंक जोडेको छ । उता बैंगलोरको ५ खेलमा ४ अंक रहेको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |