ओमानविरुद्ध नेपालको सानदार जित

काठमाडौ- नेपालले एसिसी प्रिमियर कपमा ओमानविरुद्ध सानदार जित निकालेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको हो ।
जितका लागि नेपालले दिएको ३११ रनको लक्ष्य पछाएको ओमानले ४६.३ ओभरमा ९ विकेट गुमाउदै २२६ रन मात्र बनायो।
उसका लागि मोहमद नदीमले ६५ रन बनाउदा भनसन्दीप गोउडले ४६ रन,आयान खानले २९ रन र कश्यप प्रजापतिले २५ रन बनाए।
यता नेपालका लागी सन्दीप लामिछाने र करण केसीले समान ३-३ विकेट लिदा दिपेन्द्र सिंह ऐरीले २ तथा ललित राजबंशीले १ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निधारीत ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको थियो।
नेपालका लागि कुशल मल्ले १०८ रनको शानदार पारी खेले । उनले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गरे । कुशलले ५९ बलमा शतक प्रहार गरेका थिए ।
मल्ल ओडिआईमा नेपालका लागि सबैभन्दा छिटो शतक प्रहार गर्ने खेलाडी समेत बनेका छन् । यस्तै सोमपाल कामीले ६३ रनको अर्धशतकीय पारी खेले । उनले ३९ बलमा ७ चौकाको सहयोगमा अर्धशतक पूरा गरेका थिए ।
भीम सार्की ३३ रन, आरिफ शेख २९ रन, कप्तान रोकित कुमार पौडेल २३ रन, सन्दीप लामिछाने ८ रन र करण केसीले २९ रन बनाएका थिए।
ओमानका लागि आयान खानले २ तथा बिलाल खान,कलिमुल्लाह खान,जिशान मकशुद,फायाज बट र जतिन्दर सिंहले समान १/१ विकेट लिएका थिए।
नेपाली टिमः
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, र ललित राजवंशी ।
१० टोलिको सहभागिता रहेको प्रतियोगिताको समूह ए मा आयोजक नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन् भने समुह बी मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |