कपअन फुटबलको क्वाटरफाइनल समीकरण पूरा

काठमाडौं । ‘एनएमबी–कपअन अन्तर स्कुल यू १४ फुटबल प्रतियोगिता’ को क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
बुढानिलकण्ठ नगरपालिका १० स्थित कपअन स्पोर्ट्स सेन्टर, कपनमा भइरहेको प्रतियोगिताको दोस्रो दिन सम्पन्न लिग चरणमा सफलता हासिल गर्दै आ–आफ्ना समूहमा शीर्षस्थानमा रहेर जोसेफ हाईस्कुल, लिभिङ वर्ड, माउन्ट ग्लोरी, मनकामना, ब्रम्हकुञ्ज र वेदव्यास स्कुल क्वाटरफाइनल प्रवेश गरेका हुन् ।
पहिलो दिननै समूह ‘सी’ बाट चेल्सी र समूह ‘डी’ बाट रिब्स ए टिम रोडोडेन्ड्रन इन्टरनेसनल बोर्डिङ स्कुलले अन्तिम आठको यात्रा निश्चित गरेका थिए ।
जोसेफले बालविकासलाई ४–३, जुगललाई ३–० र काष्ठमण्डपलाई २–० ले पराजित गर्दै समूह ‘ए’ मा शीर्षस्थान हात पारेर नकआउट चरणको यात्रा तय गरेको हो ।
समूह ‘बी’ को शीर्षस्थानमा रहेको लिभिङ वर्डले लिम्पियालाई २–० र इम्पेरियललाई ३–० ले परािजत गर्यो भने साम्तेन स्कुलबाट ‘बाई’ पाएको थियो ।
माउन्ट ग्लोरीले एकलव्यलाई ५–०, हाईली क्रिएटिभलाई २–० ले पराजित गरेपछि लर्ड्स लाइटबाट बाई पाएर समूह ‘ई’ मा पहिलो स्थान प्राप्त गरेको हो ।
त्यस्तै, मनकामना २–० ले बोधीसदन, ६–१ न्याम्सलाई पराजित गरेपछि टाइमलाइन स्कुलबाट बाई पाएर समूह ‘एफ’ को शीर्षस्थानमा रहदै अन्तिम आठलाई छनोट भएको हो । ब्रम्हकुञ्जले बृहस्पति विद्यासदनलाई २–१, बालबाटिकालाई ३–० र नेपालयलाई ३–० ले पन्छाउँदै समूह ‘जी’ मा पहिलो स्थान हात पारेको हो ।
तीन टिम रहेको समूह ‘एच’ मा नेभरउड स्कुलमाथि बढी उमेरको खेलाडी खेलाएको उजुरी प्रमाणित भएपछि अयोग्य ठहर्दै प्रतियोगिताबाटै बाहिरियो भने त्यसपछि भएको प्रतिस्पर्धामा वेदव्यासले रिलयान्सविरुद्ध पेनाल्टी सुटकआउटमा ३–२ को जित रच्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |