← समाचारमा फर्कनुस्
Cricket Apr 18, 2023 · Shishir

एसीसी प्रिमियर कपमा नेपालले आज मलेसियासंग खेल्दै

एसीसी प्रिमियर कपमा नेपालले आज मलेसियासंग खेल्दै

काठमाडौ- नेपालमा आजदेखि एसीसी प्रिमियर कप सुरु हुदैछ।

आज पहिलो दिन २ खेल हुदैछ। नेपाल र मलेसियावीच टियु क्रिकेट मैदानमा भिड्दा हङकङ र सिंगापुरबीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ। दुवै खेल ९ः बजेबाट सुरु हुनेछ।

एसिसी प्रिमियर कप आजदेखि वैशाख १८ गतेसम्म टियु र मुलपानी मैदानमा हुँदैछ । 

प्रतियोगिताको समूह ए मा आयोजक नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन् भने समुह बी मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् ।

नेपाली टिमः 

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी र ललित राजवंशी ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →