चेन्नाईलाई हराउँदै राजस्थान शीर्षस्थानमा

काठमाडौ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाइ सुपर किंग्सलाई पराजित गर्दै राजस्थान रोयल्स शिर्ष स्थानमा उक्लिएको छ ।
चेन्नाईको घरेलु मैदानमा भएको खेल राजस्थानले ३ रनले जितेको हो।
जितका लागी १७६ रनको लक्ष्य पछ्याएको चेन्नाईले पुरा ओभर खेल्दै ६ विकेटको गुमाएर १७२ रन मात्रै बनायो।
उसका लागि डेवन कोनवेले ५० रन बनाउदा
रहानेले ३१ रन र कप्तान महेन्द्र सिंह धोनीले नटआउट ३२ रन बनाए।
राजस्थानका लागी रविचन्द्रन आश्विन र युजवेन्द्र चाहलले समाव २-२ विकेट लिदा सन्दीप शर्मा र एडम जाम्पाले समान १-१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रन बनाएको थियो।
उसका लागि जोस बट्लरले ५२ देवदत पाडिकलले ३८ रन बनाए। त्यस्तै रविचन्द्रन आश्विन र शिम्रोन हेटम्यरको समान ३०–३० रन बनाए।
चेन्नाईका आकाश सिंह, तुसार देशपान्डे र रविन्द्र जडेजाले समान २-२ विकेट लिदा मोइन अलीले एक विकेट लिए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |