← समाचारमा फर्कनुस्
Cricket Apr 22, 2023 · Shishir

आइपिएलमा लखनउलाई गुजरातले हरायो

आइपिएलमा लखनउलाई गुजरातले हरायो

काठमाडौ-इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज भएको पहिलो खेलमा गुजरात टाइटन्सले लखनउ सुपरजाइन्टलाई पराजित गरेको छ।

लखनउको घरेलु मैदानमा भएको खेल गुजरात टाइटन्सले ७ रनले जितेको हो।

 गुजरातले जितका लागी दिएको १३६ रनको मध्यम लक्ष्य पछाएको लखनउले २० ओभरमा ७ विकेट गुमाउदै १२८ रन मात्र बनायो।

लखनउका लागि केएल राहुलले सर्बाधिक ६८ रन बनाउदा कील मेयर्सले २४ तथा क्रुनाल पाण्डेयले २३ रन बनाए।

 गुजरातका लागी नूर अहमद र मोहित शर्माले  समान २-२ विकेट लिदा राशिद खानले १ विकेट लिए।

त्यसअघि सुरुवातमा टस जितेर पहिले ब्याटिंग गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाउदै १३५ रन बनाएको थियो ।

उसका लागि कप्तान हार्दिक पाण्डेयले सर्बाधिक ६६ रन बनाउदा रिद्धिमान शाहले ४७ रन बनाएका थिए । 

लखनउका लागी क्रुनाल पाण्डेय र मार्कस स्टोइनिसले समान २-२ विकेट लिदी नविन उल हक र अमित मिश्राले समान १-१ विकेट लिएका थिए ।

यो जितपछि गुजरात ६ खेलमा ८ अंकसहित तालिकामा चौथो स्थानमा उक्लिएको छ । उता लखनउको ७ खेलमा ८ अंक रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →