गुजरातलाई कोलकोताले अन्तिम बलमा हरायो

काठमाडौ- इण्डियन प्रिमियर लिग (आइपिएल) मा भर्खरै समपन्न खेलना कोलकोता नाइट राइडर्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ ।
नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा कोलकोताले गुजरातलाई ३ विकेटले पराजित गरेको हो।
२०५ रनको लक्ष्य पछ्याएको कोलकोताले निर्धारित ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो।
कोलकोताका लागि वेनकटेस आयरले सर्वाधिक ८३ रन बनाउदा नितिस राना ४५, रिन्कु सिंहले ४२ र रमानुदुल्लाह गुरबाज १५ रन बनाए ।
अन्तिम ओभरमा कोलकोताका रिन्कु सिंहले लगातार ५ छक्का प्रहार गर्दै जित दिलाएका हुन् ।
गुजरातका लागि रसिद खानले सर्वाधिक ३ विकेट लिदा अलजरि जोसेप २, महोम्मद सामी र जोश लिटिलले समान १-१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिंग गरेको गुजरातले पुरा ओभर खेल्दै ४ विकेटको क्षतिमा २०४ रनको ठुलो योगफल बनाएको थियो ।
गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ५३ रन बनाउदा विजय शंखरले ६३, सुभमन गिल ३९, रिदिमान साहले १७ रन बनाए।
त्यता कोलकोताका सुनिल नारायणले सर्वाधिक ३ विकेट लिदा । त्सुयास शर्माले १ विकेट लिए ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |