आइपिएलमा मुम्बईको पहिलो जित

काठमाडौ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ।
मुम्बईले घरेलु टोलि दिल्ली क्यापिटल्सविरपद्ध ६ विकेटको जित हात पारेको हो।
दिल्लीले जितका लागी दिएको १७३ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा ४ विकेट गुमाएर पुरा गर्यो।
मुम्बईका लागी कप्तान रोहित शर्माले ६५ ,इशान किसनले ३१,तिलक बर्माले ४१, डेभिडले १३ र क्यामरन ग्रिनले १७ रन बनाए।
दिल्लीका लागि मुकेश कुमारले २ र मुस्ताफिजुर रहमानले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले १९.५ बलमा १७२ रन बनाउदै अलआउट भएको थियो।
उसका लागि अक्षर पटेलले ५४ रन बनाउदा कप्तान डेभिड वार्नरले ५१ रन बनाए। त्य्स्तै मनिष पान्डेले २६ र पृथ्वी शाले १५ रन बनाए।
मुम्बईका लागि पीयुष चावला र जेशन बेरेनडर्फले समान ३-३ विकेट लिदा रिलि मिरिडेथ २ तथा ऋतिक शोकिनले १ विकेट लिए ।
लिगमा मुम्बई २ अंकका साथ आठौं स्थानमा रहदा अंकबिहिन दिल्ली पुछारमा रहेको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |