← समाचारमा फर्कनुस्
एक दिवसीय विश्वकपको तालिका सार्वजनिक

काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले एक दिवसीय विश्वकप २०२३ को खेल तालिका सार्वजनिक गरेको छ।
भारतमा ४६ दिनसम्म चल्ने यो क्रिकेट कार्निभल अक्टोबर ५ मा शुरू हुने छ। उद्घाटन खेल साबिक विजेता इंग्ल्यान्ड र न्यूजिल्यान्डबीच हुने छ। उक्त खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने आईसीसीले जनाएको छ।
यस्तै, चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको भिडन्त भने अक्टोबर १५ हुने छ। उक्त खेल पनि अहमदाबादमा नै हुने छ।
विश्वकप खेल्ने ८ टोलीको टुंगो लागिसकेको छ। सुपर लिगबाट अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, न्यूजिल्यान्ड, पाकिस्तान र दक्षिण अफ्रिका यसअघि नै छनोट भइसकेका हुन्।
भारत भने आयोजकको नाताले स्वत: छनोट भएको हो। यस्तै, दुई टोली भने जिम्बावेमा जारी छनोटबाट आउने छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |