← समाचारमा फर्कनुस्
Cricket May 10, 2023 · Shishir

नेपाल सहभागी हुने विश्वकप छनोट खेल्ने सबै १० टिमको टुंगो

नेपाल सहभागी हुने विश्वकप छनोट खेल्ने सबै १० टिमको टुंगो

काठमाडौ- नेपाल सहभागी हुने विश्वकप छनोट खेल्ने सबै १० टिमको टुंगो लागेको छ।

आयरल्यान्ड र बंगलादेशबीचको पहिलो एकदिवसीय खेल लगातार वर्षाका कारण रद्द भएसँगै आयरल्यान्ड विश्वकप छनोटमा धकेलिदा १० टिमको टुंगो लागेको हो।

विश्वकप छनोट खेल्ने १० टोलीमा वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका र युएई रहेका छन्।

स्कटल्यान्ड, ओमान र नेपालले लिग २ को शीर्ष तीनमा रहेर विश्वकप छनोटमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।

त्यस्तै भारत (आयोजक), न्यूजिल्याण्ड, इंग्ल्याण्ड, अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान, अफगानिस्तान र दक्षिण अफ्रिका विश्वकपमा सोझै छनोट भएका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →