← समाचारमा फर्कनुस्
मुलपानीमा पहिलो एकदिवसीय खेल हुदै

काठमाडौ- एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा आज ओमान र युएई भिड्दैछन्।
यी दुईबीचको खेल विहन ९ बजेबाट मुलपानीको माथिल्लो क्रिकेट मैदानमा हुदैछ। यो संगै मुलपानीको माथिल्लो क्रिकेट मैदानमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेल समेत हुने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार ओमान र युएई एकदिवसीय मान्यताप्राप्त टिम भएकाले दुई बीच हुने खेललाई एकदिवसीय मान्यता प्रदान हुनेछ ।
यसअघि मुलपानीमा समूह चरणका १० खेल भए पनि कुनै पनि खेल एकदिवसीय मान्यता प्राप्त थिएनन्।
मुलपानी मैदान एकदिवसीय मान्यता प्राप्त गर्ने नेपालको दोस्रो मैदान हो। यसअघि सन् २०२० मा त्रिवि मैदानले एकदिवसीय मान्यता पाएको थियो।
आइसिसीले विभिन्न मापदण्ड पूरा गरेपछि मात्र मैदानलाई एकदिवसीय मान्यता प्रदान गर्छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |