← समाचारमा फर्कनुस्
Cricket Apr 14, 2023 · Shishir

गुजरातसंग पन्जाव स्तब्ध

गुजरातसंग पन्जाव स्तब्ध

काठमाडौ- इण्डियन प्रिमियर लिग (आइपिएल) मा राति समपन्न खेलमा  गुजरात टाइटन्सले पन्जाव किङ्सलाई पराजित गरेको छ ।

पन्जावको घरेलु मैदानमा भएको खेल गुजरातले ६ विकेटले जितेको हो।

जितका लागी पन्जावले दिएको १५४ रनको लक्ष्य गुजरातले १९.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । 

गुजरातका लागि सुभमन गिलले सर्वाधिक ६७ रन बनाउदा रिद्धिमन शाहले ३० रन बनाए। त्यस्तै साही सुन्दर्शन १९ र डेभिड मिलरले १७ रन बनाए।

पन्जावका लागि अरदिप सिंह, कागिशो रबडा, हर्पित बरार र श्याम कुरनले समान १-१ विकेट लिए । 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पन्जावले २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको थियो ।

उसका लागी मेथ्यु सर्टले सर्वाधिक ३६ रन बनाउदा जितेश शर्माले २५, सेम कुरनले २२  र शाहरुख खानले २२ रन बनाए।

गुजरातका मोहित शर्माले सर्वाधिक  २ विकेट लिदा महोम्मद सामी, जोश लिटल, अलजारी जोसेप र रसिद खानले समान १-१ विकेट लिए । 

यो जितसंगै गुजरात ४ खेलमा  ६ अंकका साथ तेस्रो स्थानमा छ ।  उता पन्जाब ४ खेलमा ४ अंकका साथ छैटौं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →