अभ्यास खेलमा ओमानविरुद्ध नेपालको शानदार जीत

काठमाडौ- एसिसिस प्रिमियर कपको तयारिका लागी खेलेको अभ्यास खेलमा ओमानविरुद्ध नेपालले शानदार जित दर्ता गराएको छ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले ओमानलाई ५ विकेटले पराजित गरेको हो ।
जितका लागी ओमानले दिएको २४७ रनको लक्ष्य पछाएको नेपालले ४४.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो।
नेपालका लागि अर्जुन साउदले सर्वाधिक ६७ रन बनाउदा कप्तान रोहित पौडेलले ५६ र दिपेन्द्र सिंह ऐरीले ५९ रन बनाए। त्यस्तै देव खनालले १० र कुशल मल्लले ८ रन बनाए।
ओमानका कप्तान जिशान मकसुदले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाउँदै २४६ रन बनाएको थियो ।
उसका लागी शोएब खानले सर्वाधिक ११० रनको शतकीय इनिङ खेल्दा जतिन्दरसिंह ४२ रन, कश्याप प्रजापति १६ रन र मोहम्मद नदिमले २४ रन बनाए ।
नेपालका लागी नेपालका लागि किशोर महतोले ३ तथा प्रतिश जी.सी र सूर्य तामाङले समान २-२ विकेट लिए ।
नेपालमा हुन लागेको एसिसी प्रिमियर कप वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानी मैदानमा हुँदैछ ।
समूह ए मा रहेको नेपालसंगै ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । त्यस्तै समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् ।
नेपाली टिमः
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी., ललित राजवंशी, सन्दीप जोरा, मौसम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र देव खनाल
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |