← समाचारमा फर्कनुस्
Cricket Apr 16, 2023 · Shishir

दिल्लीको लगातार पाचौं हार

दिल्लीको लगातार पाचौं हार

काठमाडौ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले  लगातार पाँचौ हार बेहोरेको छ ।

दिल्ली रोयल च्यालेन्जर्स बेंगलोरसंग २३ रनले पराजित भएको हो।

जितका लागी १७५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन मात्र बनायो । 

दिल्लीका मनिस पाण्डेले५० रन बनाउदा एनरिक नोर्कियले २३ रन बनाए। त्यस्तै अक्षर पटेलले २१ कप्तान डेविड वार्नरले १९ र अमन खानले १८ रन बनाए ।

बेंगलोरका विजयकुमार भइसाकले ३ विकेट लिदा मोहम्मद सिराजले २ तथा वायने पार्नेल, वानिन्दु हसरंगा र हर्सल पटेलले समान १-१ विकेट लिए ।

घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले पुरा ओभर खेल्दै ६ विकेट गुमाएर १७४ रन बनाएको थियो । 

उसका लागी विराट कोहलीले सर्वाधिक ५० रन बनाउदा महिपाल लोम्रोरले २६, ग्लेन म्याक्सवेलले २४ र कप्तान फाप डु प्लेसिसले २२ रन जोडे । 

यता दिल्लीका लागी मिचेल मार्श र कुलदिप यादवले समान २-२ तथा अक्षर पटेल र ललित यादवले समान १-१ विकेट लिए ।

यो संगै दिल्ली अंकविहीन हुँदै पुछारमा छ रहदा बेंगलोर ४ अंकसहित सातौं स्थानमा छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →