← समाचारमा फर्कनुस्
ऋचा मेमोरियल टी-२० क्रिकेटको उपाधि आर्मीलाई

काठमाडौ- प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभुवन आर्मीले जितेको छ ।
विराटनगर जुट मिलको खेल मैदानमा भएको खेलमा एनबीएससीलाई ६ विकेटले हराउँदै आर्मीले उपाधि जितेको हो ।
खेलमा टस हारेर ब्याटिङ गरेको एनबीएससीले १७.२ ओभरमा ११० रनमा अलआउट भएको थियो । त्यसपछि जितका लागी १११ रनको विजय लक्ष्य पछ्याएको आर्मीले ११.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
उपाधिसँगै आर्मीले नगद रु १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्दा उपविजेता बनेको एनबीएससीले ७५ हजार रुपैयाँमा चित्त बुझाएको छ।
प्रतियोगिताको बेस्ट ब्याट्सम्यान एमबी ग्रुप डडेलधुराका दिपक बोहरा त्यस्तै प्लेयर अफ सिरीज दिल्ली युनाइटेडका साकेत केडिया र बेस्ट बलर आर्मीका जितेन्द्र मुखिया घोषित भए ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |